कांग्रेसको १४ औं महाधिवेशन मंसिरमा गर्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको आज बसेको बैठकले पार्टीको १४ औं महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । यसअघि भदौ २३ गतेदेखि महाधिवेशन गर्ने कार्यतालिका पार्टीको क्रियाशील सदस्यता विवादले प्रभावित भएपछि नयाँ कार्यतालिका ल्याएको हो ।

बैठकले भदौ २ गतेभित्र क्रियाशील सदस्यता विवाद टुंग्याएर १८ गतेबाट वडा अधिवेशन सुरु गर्ने निर्णय भएको एक नेताले बताउनुभयो । पालिकाहरुको भदौ २७ गते, प्रदेशसभा क्षेत्रका क्षेत्रीय अधिवेशन असोज १ गते, संघीय निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन असोज ५ गते र जिल्ला अधिवेशनहरु असोज १० गते आयोजना हुने निर्णय गरेको छ ।

प्रदेश अधिवेशन कात्तिक १० र १२ गते आयोजना गर्ने र केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म आयोजना गर्ने निर्णय भएको कांग्रेसका कोषाध्यक्ष सीतादेवी यादवले बताउनुभयो ।

Back to top button