भारतमा आज ५७ औं स्वतन्त्रता दिवस मनाईदै

काठमाडौं । भारतमा आज ७५ औं स्वतन्त्रता दिवसको अबसरमा बिभिन्न कार्यक्रम गरि मनाइरहेका छन् । केन्द्रदेखि गाउँ–गाउँसम्मका भारतीय जनताले स्वतन्त्रता दिवसको अबसरमा शुभकामना साटासाट गर्नुका साथै खुशीयाली मनाइरहेका हुन् ।

कोरोना महामारीका बीच दिल्लीस्थित लालकिल्लामा आयोजित औपचारिक कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरिरहनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको हो ।

लालकिल्लामा कडा सुरक्षा व्यवस्थाका साथै ड्रोनबाट सुरक्षा निगरानी गरिरहेको र सर्वाधिक खोजीको सूचीमा रहेका आतंकबादीहरुको तस्बिर राखिएको छ ।

कार्यक्रममा राष्ट्रका लागि योगदान गरेका भारतीय सेना, ओलम्पिक पदक विजेता खेलाडीका साथै अग्रमोर्चामा रहेर कोरोना महामारी नियन्त्रणका लागि अहोरात्र खटिनेहरुलाई प्रधानमन्त्री मोदीले बिभिन्न पदकसहित सम्मान गर्दै हुनुहुन्छ ।

Back to top button