तालिबानी लडाकु अफगानिस्तानको राजधानी काबुल नजिक

काठमाडौं । तालिबानी लडाकुले अफगानिस्तानको राजधानी काबुल नजिक पुगेका छन् । अबको केही समयमा नै तालिबानीहरुले काबुल कब्जामा लिन आक्रमण गर्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ । तालिबानी लडाकु काबुलभन्दा ११ किलोमिटरको दुरीमा रहेका हुन् ।

तालिबानी लडाकुले काबुल कब्जा गर्न लागेकाले विभिन्न देशहरुले आ–आफ्ना नागरिकहरु र दुताबासका कर्मचारीलाई फिर्ता लैजान काबुलमा सेना पठाउने क्रम जारी चलिरहेको छ । तर अफगानिस्तान सरकारले तालिबानी लडाकु काबुल नजिक पुगिसकेको पुष्टि गर्न बाँकी छ ।

तालिबानी लडाकुले हिजो मात्रै पक्तिका र कुनार प्रान्तका राजधानी कब्जा गरी काबुलतर्फ बढी रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ ।

Back to top button