प्रदेश १ सहित चार वटा प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विभागले प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ । यी प्रदेशहरुको केही भागमा भारी वर्षाको संभावना रहेकोले तटीय र पहिरोको जोखिम रहेको क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन विभागले आग्रह गरेको हो ।

मनसुनी न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकोले देशभरि बदली रहने विभागले पूर्वानुमान गरेको छ । आज राती प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागको अनुमान छ ।

Back to top button