कांग्रेसले थप्यो भातृ संस्थाको छ महिना म्याद

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको हिजो राती सम्पन्न बैठकले भातृ संस्थाको म्याद छ महिना थप गर्ने निर्णय गरेको छ । पार्टीको महाधिवेशनपछि भातृ संस्थाहरुलाई पनि महाधिवेशन गर्नका लागि म्याद थप गरिएको कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले बताउनुभयो ।

नेपाल विद्यार्थी संघ, तरुण दल, प्रजातन्त्र सेनानी संघ, किसान संघ, दलित संघ, आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको कार्य समितिको पदावधी समाप्त भएको मितिले ६ महिना थप गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

Back to top button