अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन घोषणा, विधान सम्मेलन भर्चुअल हुने

काठमाडौं । माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले २२ औं राष्ट्रिय सम्मेलन असोज ८ दखि १० गतेसम्म गर्ने भएको छ । संगठनको हालै बसेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष रञ्जित तामाङले सम्मेलनको मिति घोषणा गर्नुभएको हो ।

राष्ट्रिय सम्मेलनअघि वर्तमान केन्द्रीय समितिलाई आयोजक समितिमा रुपान्तरण गरिएको र सम्मेलनसम्म सबै पदाधिकारी र सदस्यहरूको जिम्मेवारी यथावत रहेको प्रवक्ता जिपी मैनालीले बताउनुभयो । उहाँका अनुसार राष्ट्रिय सम्मेलनअघि भदौ १५ गतेसम्म पालिका र क्याम्पस तथा इकाइ भेला गरिसक्ने र भदौ २५ गतेसम्म जिल्ला सम्मेलन गरिसक्ने कार्यतालिका रहेको छ ।

असोज १ गतेसम्म प्रदेश भेला तथा सम्मेलन सक्ने र सबै भेला तथा सम्मेलनहरू सहमतिका आधारमा गरिने छ । विधान सम्मेलन भने भर्चुअल माध्यमबाट आयोजना गरीने भएको छ ।

राष्ट्रिय सम्मेलनका लागि विभिन्न ११ बटा समितिहरू गठन गरिएको छ ।

मुल व्यवस्थापन समिति र प्रतिवेदन लेखन संयोजमा रञ्जित तामाङ, बिधान मस्यौदा संयोजक उत्तम अधिकारी प्रचार प्रसार तथा प्रकाशन संयोजकमा सुरेन्द्र बस्नेत , आर्थिक व्यवस्थापन संयोजकमा पञ्चा सिंह रहनुभएको छ ।

यसैगरी अतिथि व्यवस्थापन समिति संयोजकमा दीपक देवकोटा , प्रतिनिधि छनौट तथा अभिलेखिकरण संयोजक  तिलकराज भण्डारी, मेस तथा मञ्च ब्यवस्थापन संयोजक  बिजय गौतम,, स्वयंसेवक समिति संयोजकमा ईन्द्र भुषाल रहनुभएको छ ।

यसैगरी स्वास्थ्य समिति संयोजक दिपेश पुन कार्यालय तथा प्राविधिक संयोजक रविकिरण यादव रहनुभएको छ ।

Back to top button