अत्यावश्यक कामबाहेक विमानस्थल नआउन आग्रह

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अत्यावश्यक कामबाहेक विमानस्थल प्रवेश नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरीक उड्ययन कार्यालयले एक विज्ञप्ती जारी अत्याश्यक काम बाहेक विमानस्थलमा भिडभाड नगर्न आग्रह गरेको हो ।

पछिल्ला दिनमा कोरोना संक्रमण तीव्र बनेकोले जोखिमलाई ध्यान दिँदै विमानस्थल नागरिक उड्डयन कार्यालयले स्वदेश तथा विदेशबाट आउनेजाने आफन्तजनलाई बिदाई र स्वागत जस्ता कामलाई निरुत्साहित गर्न आवश्यक भएको बताएको छ ।

प्राधिकरणले संक्रमणको जोखिम नियन्त्रणका लागि विमानस्थलमा भीडभाड नगर्न, यात्रुहरूलाई अनिवार्यरूपमा मास्क प्रयोग गर्न, शरीरको तापक्रमको मापन गराएर टर्मिनल भवनभित्र प्रवेश गर्न, सेनिटाइजरको प्रयोग गर्नलगायतका स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न पनि अनुरोध गरेको छ ।

Back to top button