ग्याङ फाइट पछि भएको हत्यामा संलग्न चौधरी पक्राउ

विराटनगर । मोरङको बेलबारी–५ कसेनी लोहन्द्रा खोलामा ग्याङ फाइट पछि भएको हत्याको घटनामा संलग्न एक जनालाई मोरङ प्रहरीले ११ महिनापछि पक्राउ गरेको छ ।

हत्या घटनामा मुख्य अभियुक्त रहेका ग्रामथान–२ का ३१ वर्षीय कृष्ण चौधरीलाई मोरङ प्रहरीले ११ महिनापछि पक्राउ गरेको हो । घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरी कारवाही प्रकृया अगाडी बढाइसकेको भएपनि चौधरी फरार रहेकोले उनको खोजी भइरहेको थियो ।

दुहबीमा बस्दै आएका चौधरीलाई प्रहरीले सुन्दरहरैंचा नगरपालिकाको बाँसबारीदेखि पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नावय उपरिक्षक दिपक श्रेष्ठले बताउनुभयो । पक्राउ परेका चौधरीलाई मोरङ अदालतमा पेश गरीएको प्रबक्ता श्रेष्ठले बताउनुभयो ।

गत भदौ १२ गते भएको ग्याङ फाइटमा धारिलो हतियार प्रहार गरि घाइते भएका चन्द्रकुमार राईको उपचारको क्रममा विराट टिचिङ हस्पिटलमा मृत्यु भएको थियो ।

प्रहरीले यसअघि बेलबारी नगरपालिका ५ तेलकुडीका ३१ वर्षीय विनयकुमार सरदार, बेलबारी–६ का ३८ वर्षीय विशालकुमार खवास , ग्रामथान गाउँपालिका–६ का ३४ वर्षीय जितेन्द्र चौधरी, ३१ वर्षीय दीपेन्द्र चौधरी, ३२ वर्षीय वीरेन्द्रकुमार खाँ, र ३१ वर्षीय राजेन भनिने राजिन्द्र राई (थुलुङ) पक्राउ गरि प्रहरीले पक्राउ गरेको थियो ।

Back to top button