क्यानाडेली दूतावासमा काम गर्ने १११ नेपालीलाई काबुलबाट सारियो

काठमाडौं । अफगानस्थानको काबुलमा तालिवानले चारैतिबाट घेरा हालेपछि काबुलस्थित क्यानाडा दूतावासमा सेक्युरिटी गार्डको काम गर्ने १११ जना नेपालीलाई सुरक्षित स्थानमा सारिएको छ । दुई दिन अघिबाट बन्द भएको क्यानाडा दूतावासमा काम गर्ने उनिहरुलाई आज सारिएको हो ।

अफगानिस्तानमा तालिवानको चौतर्फी कब्जापछि क्यानाडाले आफ्नो विशेक्ष सुरक्षा दस्ता नै पठाएर दूतावास खाली गराएको थियो । त्यसको दुई दिनपछि नेपाली कामदारहरूलाई सो स्थानबाट सारिएको हो ।

क्यानाडा दूतावासमा काम गर्दै आएका हर्क बस्नेतले आफूहरूलाई आज कम्पनीले सुरक्षित स्थानमा ल्याएर राखेको र नेपाल फर्कने जहाजको प्रतिक्षमा रहेको बताउनुभयो ।

Back to top button