प्रहरी समायोजनको माग

विराटनगर । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सरकारलाई प्रहरी समायोजन प्रक्रिया तत्काल अघि बढाउन माग गर्नुभएको छ ।

प्रदेश सांसदहरुले सदनमा उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री कार्कीले प्रहरी समायोजन नहुन्जेल प्रदेश प्रहरी गठन नहुने संवैधानिक व्यवस्था रहेकोले तत्काल समायोजन प्रक्रिय अघि बढाउन माग गर्नुभएको छ ।

‘हतार हतार प्रदेश प्रहरी ऐन प्रदेशसभाबाट पारित ग¥यौं,’ उहाँले भन्नुभयो, ‘तर सरकारसँग पटक पटक प्रहरी समायोजनका लागि पहल गर्दै आएको तर अहिलेसम्म पनि प्रक्रिया अघि बढ्न सकेको छैन ।’

उहाँले प्रहरी समायोजनका लागि दबाब दिन सातै प्रदेशमा प्रहरी ऐन निर्माण गरे पनि हालसम्म प्रक्रिया अघि नबढेकाले तत्काल प्रहरी समायोजन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Back to top button