सहमतिमै प्रदेशको नामकरणमा ढिलाइ

विराटनगर । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेशको नामकरण सबै दलको सहमति थाति राखिएको बताउनुभयो । ‘दुई वर्ष अगाडि प्रदेशको नाम र राजधानीका विषयमा सबै दलहरुले छलफल गरेका थियौं,’ उहाँले भन्नुभयो, ‘अहिले नाम र राजधानीमध्ये नाममा सहमति जुटेको छैन त्यसैले राजधानी टुंग्याऔं र नामलाई पछि गर्ने भनेर सबै दलको सहमतिमो निर्णय नै गरेका छौं । त्यो निर्णय किताब अझै छदैँछ ।’

प्रदेशको नामकरणमा ढिलाई भएको भन्दै प्रदेश सांसदहरुले सदनमा आबाज उठाउँदै आएका छन् । मन्त्री कार्कीले प्रदेशको नामकरणमा भएको ढिलाईको प्रदेश सरकारलाई आत्मबोध भएको स्विकार्नुभयो ।

‘नामको विषयले मात्रै प्रदेश विभक्त नहोस्, कुनैपनि विषयमा हाम्रा २/३ वटा मत नबनुन् र जे कुरा हुन्छ, लामो छलफल र संवादपछि एउटै मतमा पुगेर एउटै नाम राखौं भन्ने चाहना छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले प्देशको नामकरणमा दिलाई भएको तर बितिसकेको छैन । यही प्रदेशसभामा नामकरण गर्नका लागि औपचारिक र अनौपचारिक संवादहरु भएको छ ।’

नामकरणका लागि सहमति भयो भने छिट्टै टुंग्याउने र भएन भने पनि केही नबिग्रिने उहाँको भनाई थियो । ‘एक आध महिनापछि फेरी प्रदेशसभा बोलाएर छलफल गरी नामकरण टुंग्याउन चाहन्छौं,’ कार्कीले भन्नुभयो, ‘नामकरण प्रदेश सरकारको मात्रै नभई सम्पूर्ण प्रदेशसभाको बिजनेश भएकोले सबैको सहमतिमा सबैको अपनत्व हुने गरी सबैको साझा नाम राख्न चाहेकाले केही ढिलाई भएको छ ।’

Back to top button