काठमाडौं । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले राजिनामा दिएर देशबाट पलायन गरेपछि तालिबानी बिद्रोहीले राष्ट्रपति भवन कब्जा गरेको छ । तालिबानी बिद्रोहीले राष्ट्रपति भवनबाट इस्लामिक एमिरेट्स अफ अफगानिस्तानको घोषणा गरेको हो ।
तालिबानी बिद्रोहीले सरकार गठनको तयारी थालेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ । तालिबानी अफगानिस्तानको राजधानी काबुल कब्जा गरेपछि देश छोड्नेको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा तछाड्मछाड भइरहेको हो ।
बिभिन्न देशले काबुलमा रहेका आ–आफ्ना कुटनितिक नियोगका कर्मचारीहरुलाई आ–आफना मुलुक फर्काउन सेना र बिमान पठाएकाले विमानस्थलको अवस्थातनाबग्रस्त रहेको छ । अफगानिस्तानीहरु पनि शरनार्थीको रुपमा बिभिन्न देश पलायन गरिरहेकाले पनि विमानस्थलमा तनाब बढेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ ।