काबुल विमानस्थलमा कडा सुरक्षा : देश छाड्ने अफगानीस्तानीको लर्को

काठमाडौं । तालिबानी बिद्रोहीले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेपछि अफगानीस्तानी नागरिक लगायत विदेशी कुटनितिक नियोग र राजदुतावासका कर्मचारीहरु विमानमार्फत धमाधम अफगानिस्तान छाडिरहेकाले विमानस्थलको सुरक्षा व्यवस्था कडा गरिएको छ ।

अफगानिस्तान छाड्नेहरुलाई तालिबानी बिदद्रोहीले अहिलेसम्म कुनै रोक नलगाएकाले ६ हजार सुरक्षाकर्मी विमानस्थलको सुरक्षामा खटाइएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ । विमानस्थलमा अफगानिस्तान छाड्नेहरुको भिड लागेकोले हुन सक्ने अप्रिय घट्नालाई मध्य नजर गरेर सुरक्षा व्यवस्था कडाइ गरिएको हो ।

Back to top button