अन्तर्राष्ट्रिय समुदायद्वारा देश छाड्ने अफगानिस्तानीलाई नरोक्न तालिबानी बिद्रोहीलाई आह्वान

काठमाडौं । अन्तर्राष्ट्रिय समुदायले देश छाड्ने अफगानिस्तानका नागरिकलाई नरोक्न तालिबानी बिद्रोहीलाई आह्वान गरेको छ । तालिबानी बिद्रोहीले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेपछि त्यहाँका नागरिकहरुको सुरक्षाप्रति चिन्तित हुँदै अन्तर्राष्ट्रिय समुदायले यस्तो आह्वान गरेको हो ।

संसारभरिका ६० भन्दा बढी मुलुकले संयूक्त विज्ञप्तीमार्फत अफगानिस्तान छाड्न चाहने नागरिकलाई कुनै किसिमको अबरोध नगर्न आह्वान गरेका छन् । विज्ञप्तीमा अफगानिस्तानको सत्ता र शक्ति हातमा लिएकाहरुले जननताको जीवन रक्षाको दायित्व र जिम्मेबारी वहन गर्नुपर्ने उल्लेख छ ।

अफगानिस्तानी नागरिकले सुरक्षित र सम्मानित जीवन बाँच्न पाउने नैसर्गिक अधिकार भएको विज्ञप्तीमा उल्लेख छ ।

Back to top button