सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि ओली छलफलमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पुनर्स्थापित संसदको पहिलो अधिवेशन अन्त्य गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको सूचना पाएपछि एमाले अध्यक्ष केपी शर्मा ओली बालकोटमा आन्तरिक छलफलमा जुट्नु भएको छ ।

एमाले वरिष्ठ नेता माधव नेपाल पक्षलाई पार्टी फुटाउन सहज हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सरकारी तयारी बारे ओलीले कांग्रेस कै नेताहरुबाट सूचना पाएपछि स्थायी कमिटीका नेताहरुसँग छलफलमा जुट्नुभएको छ ।

Back to top button