
दोलखा । जिल्ला सहकारी संघ लिमिटेड दोलखाले संघको २९ औ स्थापना दिवशको अवसरमा संघमा आवद्वता रहेका संघ/संस्थाहरुलाईलाई लगायत विभिन्न बिधामा सम्मान गर्ने भएको छ ।मंगलबार बसेको संघको संञ्चालक समितिको बैठकले विभिन्न बिधामा सम्मान गर्ने निर्णय गरेको हो ।
संघको बैठकले सम्मान तथा पुरस्कार छनोट गर्न उप—समिति गठन गरेको छ भने छनोटको जिम्मा उप-समितिलाई दिएको छ ।
संघले पुरस्कृत विभिन्न विधामा छनोट गर्ने छनोट समितिका संयोजक देवि प्रसाद शर्माले जानकारी दिए। संघले जिल्लाको उत्कृष्ठ ब्यवस्थापक,जिल्लको उत्कृष्ठ सहकारी संघ÷संस्था,उत्कृष्ठ सहकारीकर्मी, उत्कृष्ठ कारोबार गर्ने संघ संस्था, पूर्वसञ्चालक,
सञ्चारकर्मी लगायत विधामा सम्मान गर्न शर्माले बताए ।
हाल संघमा ४३४ वटा सहकारी संघ/संस्था रहेका छन। संघले यो वर्ष बाट जिल्लामा रहेको सहकारी जो प्रविधि पहुचमा पछि परेको छ त्यस्ता सहकारी संघ/संस्थाहरुलाई संघले छनोट गरि यो बर्ष बाट कम्पुटर,प्रिन्टर र ईन्टरनेटको समेत ब्यवस्था गरेको जिल्ला सहकारी संघ दोलखाले जनाएको छ। संघले बिगतका साधारण सभामा गर्ने सम्मान यो वर्ष बाट संघको स्थापना दिवशको दिन घोषणा गरेर संघको साधारण सभामा वितरण गरिने संघले जनाएको छ।