काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एमाले फुटाउने उद्देश्यले दल विभाजनसम्बन्धी विधेयक ल्याउन लागिएको भन्दै आपत्ति जनाउनुभएको छ ।
गएराती बालकोटमा नेताहरुसँगको छलफलपछि अध्यक्ष ओलीले जारी गरेको विज्ञप्तीमा कुनैपनि हालतमा एमाले फुटाउने षडयन्त्रका साथ ल्याउन लागेको दल विधाजनसम्बन्धी विधेयक मान्य नहुने उल्लेख छ ।
‘पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सदस्यहरुलाई पार्टी विभाजनका लागि भइरहेको षडयन्त्रका विरुद्धमा एक ढिक्का भई उभिनु पर्छ,’ विज्ञप्तीमा भनिएको छ, ‘हामी सबै एकजुट भएर पार्टीलाई फुट्नबाट जोगाउनु नैतिक कर्तव्य हो ।’