संसदीय व्यवस्थामा देउवा पनि असफल –वैद्य

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री शेरबहादुर देउवा संसदीय व्यवस्थामा असफल भएको टिप्पणी गर्नुभएको छ ।

पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै महासचिव वैद्यले वर्तमान संसदीय व्यवस्था संकटग्रस्त भएको र यो व्यवस्थामा प्रधानमन्त्री देउवा पनि असफल भएको बताउनुभएको हो ।

देउवा नेतृत्वको गठबन्धन सरकारले पनि जनताका जनजीवीकाका समस्या समाधान गर्न नसक्ने निष्कर्ष वैद्यको प्रतिवेदनमा छ ।

बैठकले लिम्पियाधुरासहितको भूभाग फिर्ता र एमसीसीको विरोधलगायतका विषय पनि उठाएको छ । साथै पहिचानसहितको संघीय संरचनाको स्वरुपबारे गहन अध्ययन गर्ने निर्णयसमेत बैठकले गरेको छ।

Back to top button