सिटी सफारी पल्टदा एक जनाको मृत्यु, एक घाईते

इटहरी । सुनसरीको कोशी गाऊपालिका २ मा सिटी सफारी पल्टदा एक जनाको मृत्यु भएको छ ।

को २ ह ११६३ नम्बरको सिटी सफारी अनियन्त्रित भई पल्टदा सफारीमा रहेकी बृद्धा स्थानीय ७४ बर्षीय फरेबी यादवको मृत्यु भएको छ। दुर्घटनामा बराहक्षेत्र ११ कि २३ बर्षीय सबिना माझी घाईते हुनुभएको छ ।

दुर्घटनामा घाइते यादवको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा राती मृत्यु भएको हो । घाइते माझीको घोपा धरानमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।

सिटी र चालक कोशी गाऊपालिका २ का २० बर्षीय रंजित यादव जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

Back to top button