दल विभाजनसम्बन्धी अध्यादेशको एमालेले विरोध गर्ने

काठमाडौं । सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गर्ने भएको छ ।

आज बसेको एमाले स्थायी कमिटीको बैठकले एमाले विभाजनलाई लक्षित गरेर ल्याइएको अध्यादेशको विरोध गर्ने निर्णय गरेको हो ।
एमाले प्रवक्ता प्रदिप ज्ञवालीले सरकारले ल्याएको अध्यादेश लोकतान्त्रिक प्रणाली विरुद्ध भएकोले एमालेले विरोध गर्ने भएको बताउनुभयो ।

प्रतिपक्षी दलभित्रका केही पदलोलुप र अराजक व्यक्तिलाई विभाजनका लागि वैधानिक आधार तयार गर्ने उद्देश्यले सरकारले अध्यादेश ल्याएको उहाको भनाई छ । सरकारले ल्याएको असंसदीय र विभाजनकारी क्रियाकलापको गम्भीर विरोध र खबरदारी तथा सशक्त प्रतिवाद गर्ने नेता ज्ञवालीले बताउनुभयो ।

मन्त्रिपरिषद् बैठकले आज पार्टीको केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ ।

Back to top button