दल विभाजनसम्बन्धी अध्यादेश गलत: शेखर कोइराला

विराटनगर । सत्तारुढ दल कांग्रेसका नेता शेखर कोइरालाले सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनु गलत भएको बताउनुभएको छ ।

उहाँले सरकारले अध्यादेश ल्याएर यसअघिका सरकारले गरेको गल्तीलाई नै निरन्तरता दिएको आरोप लगाउनुभयो ।

कोइरालाले सरकारले आफ्नो सुबिधा अनुसार सरकार सञ्चालनका लागि अध्यादेश ल्याउनु ठीक भएपनि यसले लोकतन्त्र कमजोर बनाउने बताउनुभयो ।

चलिरहेको संसद हठात् अन्त्य गरेर राजनीति दल सम्बन्धी ऐन अध्यादेश ल्याएर अन्य दललाई बिभाजन गर्ने कांग्रेसको संस्कार नभएको कोइरालाको भनाई छ ।

उहाँले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अध्यादेश ल्याउँदा कांग्रेसले बिरोध गर्नु तर अहिले आफै सरकारको नेतृत्वमा गएपछि पुनः त्यही गल्ती दोहो¥याउन नमिल्ने बताउनुभयो ।

यसले संसद र लोकतन्त्र दुबै कमजोर हुने कोइरालाको भनाई छ । नेपाली जनताको भावनामाथि कुठाराघात हुने कुनैपनि कदम अहिलेको सरकारलाई चाल्ने छुट नभएको कोइरालाले बताउनुभयो ।

Back to top button