प्रदेश १ मा ८६० जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८६० जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ४१० जनाको पीसीआर परीक्षण गर्दा ४७० र १ हजार ४०४ जनाको एन्टिजेन परीक्षण गर्दा ३९० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापामा १८४, मोरङमा १४५, सुनसरीमा १०४, इलाममा १५, धनकुटामा ७, तेह्रथुम र उदयपुरमा ४–४, पाँचथर, संखुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ ।

झापाको शिवसताक्षी र विर्तामोडमा ३०–३०, भद्रपुरमा २८, दमकमा २४, मेतीनगरमा १९, कनकाईमा १८, अर्जुनधारामा ९, कमल गाउँपालिकामा ८, हल्दिबारीमा ६, बुद्धशान्तिमा ४, बाह्रदशीमा ३, गौरादहमा २, गौरीगञ्ज, झापा गाउँपालिका र स्थानीय तह नखुलेका २ जनामा संक्रमण पुष्टि भएको हो ।

मोरङको विराटनगरमा ५४, बेलबारीमा ३०, लेटाङमा २२, सुन्दरहरैचामा १५, उर्लाबारीमा ९, केराबारीमा ७, कानेपोखरी र बुढीगंगामा २–२, पथरीशनिश्चरेमा १ र स्थानीय तह नखुलेका ३, सुनसरीको इटहरीमा ५६, धरानमा ३८, रामधुनीमा ४, बराहक्षेत्र, इनरुवा र देवानगञ्जमा २–२ जनामा संक्रमण देखिएको छ ।

इलामको इलाम नगरपालिकामा ७, माई, रोङ र चुलाचुलीमा २–२, फाकफोकथुम र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ५, चौवीसे र पाख्रिवासमा १–१, तेह्रथुमको फेदापमा ३, म्याङलुङमा १, उदयपुरको बेलकामा २, त्रियुगा र चौदण्डीगढीमा १–१, पाँचथरको फिदिम, संखुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९६ महिला र २१७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Back to top button