माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद सचिवालयलाई पत्राचार

काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदबाट मुक्त गर्न संसद सचिवालयमा पत्र दत्र्ता गराएको छ । एमालेले १४ जना सांसदलाई पद मुक्त गरेको बारे निर्वाचन आयोगलाई समेत जानकारी गराएको हो ।

एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरीलाई संसदबाट बर्खास्त गर्ने निर्णय गरेको छ ।

Back to top button