अध्यादेश जारी नहुँदै नियमावली संशोधन प्रक्रिया सुरु गरेपछि आयुक्तबीच अन्तरबिरोध

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी अध्यादेश राष्ट्रपतिद्वारा जारी नहुँदै नियमावली संशोधनको प्रक्रिया अघि बढाएपछि प्रमुख आयुक्त र आयुक्तहरुबीच अन्तरबिरोध सुरु भएको छ ।

प्रमुख आयुक्त दिनेश कुमार थपलियाले राजनीतिक दलसम्बन्धी नियमावली संशोधन प्रक्रिया सुरु गर्न कर्मचारीलाई निर्देशन दिएपछि अन्तरबिरोध सुरु भएको हो । कर्मचारीहरुले नियमावली संशोधनको प्रक्रिया सुरु गरेपछि आयुक्तहरुले अध्यादेश नै जारी नभई कसरी संशोधन प्रक्रिया सुरु गरेको भन्दै कर्मचारीहरुलाई सोधपुछ गरेका थिए । तर प्रमुख आयुक्तले प्रक्रिया सुरु गर्न निर्देशन दिएको जानकारी पाएपछि आयुक्तहरुबीच अन्तरबिरोध सुरु भएको एक कर्मचारीले बताउनुभयो ।

Back to top button