चरिकोटमा ९ गते सम्म निषेधाज्ञा थप: के गर्न पाइने ,के नपाइने

सुजन काफ्ले
दोलखाको सदरमुकाम चरिकोट बजारमा साउन २७ गते बाट भाद्र २ सम्म गरिएको निषेधाज्ञा पुन ७ दिन थप गरि भाद्र ९ गते सम्म निषेधाज्ञा जारी रहने भएको छ। जिल्ला भित्र पछिल्ला केही दिनहरुमा  कोरोना सङ्क्रमण दर उच्च रुपमा बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णय  गरेको हो। निषेधाज्ञा थप गरिए सगै भिमेश्वर नगरपालिकाको वडा नम्बर ३ र ६ पुर्ण रुपमा बन्द हुने हुने भएको छ।

थप गरिएको निषेधाज्ञा भाद्र २ गते राती १२.०० बजेबाट लागू हुने गरी भीमेश्वर नगरपालिका वडा नं. ३ र ६ का सम्पुर्ण बजार क्षेत्रका सम्पुर्ण पसल, दोकान, व्यापार व्यावसाय, होटल रेष्टुरेण्ट, बैंक तथा वित्तिय संस्था र सहकारी संस्थाहरु भाद्र ०९ गते राती १२ बजे सम्मका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ।
लामो दुरीका सवारी साधनहरु बाहेक नगरक्षेत्रमा आन्तरिक सवारी आवागमन रोक लगाइएको छ । सदरमुकामम रहेका सेवाग्राहीको संस्था धेरै हुने सरकारी कार्यालयहरुले गाउँपालिकागत रुपमा आलोपालो मिलाई सेवाप्रवाह गरी भिडभाड हुन नपाउने ढंगले स्वास्थ्य मापदण्ड तोकी सेवा प्रवाहको प्रबन्ध मिलाएर सन्चालन गर्नुपर्ने भएक छ। सभा सम्मेलन, अन्य कार्यक्रम र विद्यालय तथा क्याम्पसको हकमा सवै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, विद्यालय तथा क्याम्पस, ट्युसन तथा कोचिङ सेन्टर, पार्टी प्यालेस, स्वीमिङ्ग पुल, सपिङ्गमल, मनोरजन स्थल, सैलुन, व्युटी पार्लर, हेल्थक्लव, फुटसल, जिमखाना, पुस्तकालय, खेलमैदानमा हुने खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य सवै प्रकारका कार्यक्रम सञ्चालन पाइने छैन।

विवाह, ब्रतवन्ध, दिवाली, कुलपुजा वा यस्तै धार्मिक,सामाजिक वा सांस्कृतिक क्रियाकलाप, पर्व, कार्य वा उत्सव अर्को व्यवस्था वा आदेश नभएसम्मको लागि गर्न गराउन प्रतिवन्ध लगाइएको छ।
विभिन्न धार्मिक स्थलहरुमा नित्यपूजा बाहेकका सम्पर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु संचालन गर्न नपाइने भएको छ, सवै सरकारी एवं सार्वजनिक निकाय, कार्यालयहरुले न्यूनतम र आवश्यक कर्मचारीहरुबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाउनुका साथै कोभिड-१९ को जोखिम कम गर्न आवश्यक आन्तरिक कार्यविधि अपनाएर सन्चालन गर्नु पर्ने छ ।

सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनको हकमा, सार्वजनिक एवं निजी सवारीका साधनहरुले स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने छ । यात्रुहरुले अनिवार्यरुपमा टिकट काटेर मात्र यात्रा गर्नुपर्ने भएको छ । सार्वजनिक तथा भाडाका सवारी साधनले सिट संख्या बरावरमात्र यात्रु राख्न पाउनेछन। सवारी साधनको ढोकामानै अनिवार्य रुपमा स्यानीटाइजरको व्यवस्था गर्नुपर्ने छ । यात्रु तथा सवारी साधनका स्टाफले अनिवार्यरुपमा मास्क लगाउनु पर्ने भएको छ।

प्रशासनको आदेशको बर्खिलाप गरेमा कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम नियन्त्रणमा लिने, तत्काल नगद जरिवाना गर्ने, नियन्त्रण लिई थप कानुनी कारबाही गर्ने सम्मका अन्य आवश्यक कारवाही गरिने जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ।

Back to top button