कुलमान घिसिङको पुनःनियुक्तिविरुद्ध परेको रिट निवेदनको सुनुवाई आज

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङको पुनःनियुक्तिविरुद्ध हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ आज हुने भएको छ ।

शाक्यको रिट निवेदन न्यायाधीश कुमार रेग्मीको इजलासमा हुने भएको छ।

आफूलाई गैरकानुनी ढंगले बीचमै पदबाट हटाई घिसिङलाई नियुक्ति दिइएको भन्दै शाक्यले दिएको मुद्दाको सुनुवाइ आज हुने भएको हो।

आफू ४ वर्षका लागि नियुक्त भएकामा सरकारले अहिल्यै हटाएकाले पुनः त्यही पदमा थमौती गर्न शाक्यले माग गरेका हुन्।

Back to top button