नेपाल समूहको नयाँ पार्टीमा एमाले र सुर्य अनिवार्य राख्ने तयारी

 

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले दर्ताको तयारी गरेको नयाँ दलको नाममा एमाले र चुनाव चिन्ह सुर्य अनिवार्य हुने गरी राख्ने तयारी गरेको छ ।

नयाँ दल दर्ताको लागि सबै तयारी पूरा गरेको नेपाल पक्षले नेकपा एमालेको नाम र चुनाव चिन्ह संग मिल्दो जुल्दो नाम राख्ने तयारी गरेको हो ।

नयाँ पार्टीका लागि माधव समूहले नेकपा एमाले (समाजवादी), नेकपा एमाले (जनवादी), नेकपा (एकीकृत) सहितका विकल्पको बारेमा छलफल गरीरहेको छ ।

यसैगरी पार्टीको चुनाव चिह्न कलम वा कुनै रूपमा सूर्य राखेर जाने सोचाइमा नेपाल समूहको तयारी छ । आयोगले विकल्पहरुमध्ये जुनलाई स्वीकृत गर्छ त्यसलाई दर्ता गरिने बताइएको छ ।

नेपाल पक्ष निकट नेकपा एमालेका केन्द्रीय सदस्य महेश रेग्मीले नेकपा एमाले(समाजवादी)मा बढी छलफल भइरहेको बताउनुभयो । उहाँले धेरैबटा विकल्पमा छलफल भइरहेकोले तत्काल टुङगो नलागेको जानकारी दिनुभयो ।

राष्ट्रपति कार्यालयबाट अध्यादेश जारी भएको छ , अब नयाँ दल दर्ता हुने नेपाल समूहका केन्द्रीय सदस्य मेटमणि चौधरी बताउनुभयो ।

Back to top button