साफ च्याम्पियनसिपको उद्‍घाटन खेलमा नेपाल र माल्दिभ्स भिड्दै

काठमाडौं । अक्टोबरमा माल्दिभ्सको मालेमा हुने साफ च्याम्पियनसिपको पहिलो खेल नेपाल र आयोजक माल्दिभ्स विच हुने तय भएको छ ।

अक्टोबर १ मा हुने प्रतियोगिताको उद्‍घाटन खेल नेपाली राष्ट्रिय फुटबल टोली र माल्दिभ्स भिड्ने भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ ।

प्रतियोगिताको दोस्रो खेल अक्टोबर ३ मा नेपालले श्रीलङ्कासँग खेल्नेछ । यस्तै तेस्रो खेल नेपालले अक्टोबर ८ मा भारतसंग खेल्ने छ ।सात पटकको च्याम्पियन भारत प्रतियोगिताको सबैभन्दा सफल टोली हो ।

प्रतियोगिताको तयारीका लागि नेपाली टोली अहिले बन्द प्रशिक्षणमा छ तर अहिलेसम्म प्रतियोगिताको फाइनलसम्म पुग्न सकेको छैन ।

प्रतियोगितामा नेपाल, बंगलादेश, भारत, श्रीलंका र माल्दिभ्स गरी पाँच टोलीले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

प्रतियोगिताका सबै खेल राष्ट्रिय रंगशालामा हुनेछन् भने फाइनल अक्टोबर १० तारिखमा हुनेछ ।

Back to top button