
काठमाडौं । अमेरिकामा कोभिड–१९ बाट संक्रमण हुने र मृत्यु हुनेको सङख्या बढेको छ ।
कोभिड–१९ संक्रमणबाट हिजो एकैदिन एक हजार जनाको मृत्यु भएको छ । कम खोप लगाएका राज्यमा डेल्टा भेरिएन्ट संक्रमणसँगै मृत्युदर पनि बढेको हो ।
गत महीनादेखि अमेरिकामा दैनिक औषत ७६९ जनाको मृत्यु भएको छ । यो संख्या गत अप्रिल मध्यदेखि यताकै उच्च हो ।
मृत्यु र संक्रमण दरमा वृद्धि भएसँगै राष्ट्रपति बाइडेनले यात्रुका लागि थप कडा कदमहरु घोषणा गर्ने तयारी गर्नुभएको त्यहाका सञ्चारमाध्यमहरुले जनाएका छन । अमेरिकालाई अहिले डेल्टा संक्रमण र यसको फैलावट मुख्य चुनौति बनिरहेको छ ।
यसैबीच, न्यूजिल्यान्डमा पनि डेल्टा भेरिएन्ट पुष्टि भएको छ । एकजनामा भाइरस संक्रमण पुष्टि भएपछि हिजोदेखि देशव्यापी लकडाउन गरिएको न्यूजिल्यान्डमा पहिलोपटक डेल्टा पुष्टि भएको हो ।