करणी मुद्दामा कैद भुक्तान गरिरहेका गुरुङको मृत्यु

विराटनगर । मोरङ कारागारमा जबरजस्ती करणी मुद्दामा कैदी जीवन बिताउँदै आएको रतुवामाइ नगरपालिका ५ का ५२ वर्षिय धनबहादुर गुरूङको मृत्यु भएको छ ।

कारागारमा कोरोनाविरूद्धको खोप लगाउन लामबद्ध भएका गुरुङ अचानक बेहोस भएर ढलेको कारागार प्रशासनले जनाएको छ । तत्काल उपचारका लागि कोशी अस्पताल लगिए पनि गुरुङलाई बचाउन नसकिएको मोरङ कारागारका जेलर रामप्रसाद पोखरेलले बताउनुभयो । दीर्घ रोगी गुरुङ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराउँदै आएको उहाँले बताउनुभयो ।

मोरङ जिल्ला अदालतले जवरजस्ती करणाी मुद्दामा १० वर्ष कैद सजाय सुनाएपछि गुरुङ २०७४ वैशाख ५ गतेदेखि मोरङ कारागारमा कैदी जीवन बिताउँदै आएको उहाँले बताउनुभयो ।

Back to top button