
सुजन काफ्ले
दोलखा । समन्वय बिभागको बिज्ञ सदस्यमा दोलखाका टेकराज शिवाकोटीलाई नियुक्त भएका छन ।
नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था समन्वय
विभागले शिवाकोटीलाई बिज्ञ सदस्यमा नियुक्त गरेको हो।
संस्थाको कामलाई सशक्त र प्रभावकारी बनाउनका लागि शिवाकोटीलाई विभागको विज्ञ सदस्यका रुपमा नियुक्त गरिएको समन्वय बिभागले जनाएको छ।
संस्थाले दिएको जिम्मेवारी इमान्दारीसाथ पुरा हुनेछ भन्ने विश्वासका साथ शिवाकोटीलाई हार्दिक बधाई ज्ञापन गर्दै कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गरेको छ।
स्थायी घर दोलखाको कालिन्चोक गाउँपालिका भएका शिवाकोटी काठमाडौमा रहेर विभिन्न पेसा ब्यवसाय गर्दै नेपाली काङ्ग्रेसको राजनीतिमा समेत क्रियाशिल रहेका छन।