सरकारलाई भ्रष्टाचार नियन्त्रण प्रमुख प्राथमिकतामा राख्न ट्रान्सपरेन्सी इन्टरनेशनलको अपिल

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सरकारलाई भ्रष्टाचार नियन्त्रण प्रमुख प्राथमिकतामा राख्न अपिल गरेको छ । ट्रान्सपरेन्सी नेपालको २६ औं स्थापना दिवसको अवसरमा अध्यक्ष पद्मिनी प्रधानाङ्ग र महासचिव मुकुन्दबहादुर प्रधानले संयुक्तरुपमा विज्ञप्ती जारी गरी सरकारलाई अपिल गरेको हो ।

विज्ञप्तीमा भ्रष्टाचार नियन्त्रणसँगै कोरोना महामारी नियन्त्रणमा सर्पक्षीय प्राथमिकता जुटाउनसमेत अपिल गरेको छ । नेपालमा राजनीतिक र निजी स्वार्थको लागि पदको दुरुपयोग प्रमुख समस्या भएकाले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई राज्यका प्रमुख मुद्दा बनाउन अपिल गरेको उल्लेख छ ।

Back to top button