ठाकुर र नेपालले पुनः दल दर्ताका लागि निवेदन दिनुपर्ने

काठमाडौं । माधवकुमार नेपाल र महन्थ ठाकुरले निर्वाचन आयोगमा दल दर्ताका लागि पुनः निवेदन दिनुपर्ने भएको छ । यसअघि नेकपा एमाले (समाजवादी) र जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) नामक राजनीतिक दल दर्ताका लागि दुबै जनाले निवेदन दिनुभएको हो ।

राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम पाँचमा संशोधन भएपछि बन्ने कार्यविधि अनुरुप निवेदन दिएपछि मात्रै आयोगले दल दर्ता प्रक्रिया अगडि बढाउने जनाएको छ ।

Back to top button