माधवकुमार नेपाल पक्षका युवा संघका उपाध्यक्ष रेल्वेका महाप्रबन्धक नियुक्त

काठमाडौं । माधवकुमार नेपाल पक्षका युवा संघका उपाध्यक्ष निरन्जन झालाई सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धकमा नियुक्त गरेको छ । मन्त्रिपरिषदको हिजो बसेको बैठक बैठकलाई सप्तरीको राजविराजका झालाई नियुक्त गरेको हो ।

एमाले विभाजन गरेर नयाँ पार्टी दर्ता गराएपछि माधवकुमार नेपाल पक्षका झासहित दुई जनालाई नियुक्त गरेको छ । यसअघि बागमति प्रदेशमा यादव शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।

Back to top button