माधव नेपालको पार्टीको नाम नेकपा एमाले समाजबादीबाट एमाले हट्ने

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाम परिवर्तन हुने भएको छ । नेकपा एमाले (समाजबादी) दर्ता गर्न खोजिएको भएपनि एउटा पार्टीको नाममा विशेषण झुन्ड्याएर अर्को दल दर्ता नमिल्ने भएपछि एमाले राख्न नमिल्ने भएको हो ।

एमालेबाट बाहिरिएर आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि नेता नेपालले नेकपा एमाले समाजवादी दर्ताका लागि बुधबार निवेदन दिनुभएको थियो । यद्यपि राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली हिजो मात्र आएकोले आज फेरि निवेदन दिने तयारी छ ।

निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको फागुन २३ मा भएको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताएका छन् ।

नेपाल समूहका नेताहरुका अनुसार नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी वा नेपाल कम्युनिस्ट पार्टी समाजवादी नाममा पार्टी दर्ता हुने सम्भावना रहेको छ ।

Back to top button