सी डिभिजन लिग छनोटको तालिका सार्वजनिक, भदौ १० गतेदेखि छनोट सुरु

काठमाडौं । शहीद स्मारक सी डिभिजन लिगको छनोट खेल आगामी भदौ १० गतेबाट सुरु हुने भएको छ । छनोटको पहिलो खेलमा सतासीधाम स्पोर्टिङ क्लब र च्याम्पियन ब्वाइज एफसी भिड्ने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज निकालेको टाइ–सीट अनुसार भदौ १० गतेदेखि असोज २० गतेसम्म चल्ने छनोटमा कूल ७८ टोली सहभागी हुनेछन् ।

सहभागी ७८ टोलीलाई २६ समूहमा विभाजन गरी तीन चरणमा छनोट हुने एन्फाले जनाएको छ ।

प्रत्येक समूहमा ३ टोली रहेको र ती टोलीले दुई चरणमा छनोट खेल्नेछन् । पहिलो चरणबाट समूह विजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् भने समूहका फाइनल विजेता सी डिभिजन लिगका लागि छनोट हुनेछन् ।

Back to top button