वालअधिकार समितिलाई क्षमता अभिबृद्धि तालिम प्रदान

विराटनगर । सुनसरीको गढी गाउपालिकामा रहेका वालअधिकार समितिलाई क्षमता अभिबृद्धि तालिम प्रदान गरिएको छ ।

गढीको सबै वडाहरुमा स्थानीय तहमा बाल संरक्षण नीति तथा कार्यविधि निर्माण भई स्थानीय तहमा बाल संरक्षण प्रणालीको विकास गर्नका लागि दुई दिने तालिम प्रदान गरिएको हो ।

गढी गाउपालिकाको समन्वयमा साझा सवालका लागि साझा मञ्च (कोकन)ले संरक्षण परियोजना अन्तरगत तालिम प्रदान गरेको कोकन सुनसरीका कार्यक्रम अधिकृत दयालाल चौधरीले बताउनुभयो ।

उहाँले तालिमपछि समितिले स्थानीय तहमा गर्ने काममा सहयोग पुगी वाल संरक्षण र वाल संरक्षण प्रणालीको वारेमा जानकारी पाएर परिवार र समुदायले बालवालिकालाई समान ब्यबहार गर्ने उध्येश्य रहेको बताउनुभयो ।

सो अबसरमा सहभागिहरुलाई कोकनले महिला हिसा तथा दुरब्यवहारबाट पीडित भएका महिलाहरु तथा कोभिड भई उपचारमा समस्या भए सहयोगका लागि सञ्चालनमा ल्याएको हेल्प लाइन र मनोविमर्श सेवाको विषयमा जानकारी गराइएको थियो ।  कोकनले ९७४२३०६४६४ हेल्पलाइन र निशुल्क मनोविमर्श  सेवाका लागि ९७४६८५०२६१ नम्बरको ब्यवस्था गरेको छ ।

तालिमको सहजिकरण बरिष्ठ पत्रकार तथा प्रदेश सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माले सहजिकरण गर्नुभएको थियो ।तालिममा सबै वडामा रहेको समितिका २० जना को सहभागिता रहेको कोकनको सामाजिक परिचालिका सुरेखा सुवेदीले जानकारी दिनुभयो ।

Back to top button