तेक्वान्दो संघ मोरङमा नेपाल

विराटनगर । मोरङ जिल्ला तेक्वान्दो संघको अध्यक्षमा दिवस नेपाल सर्वसम्मत चयन हुनुभएको छ ।

संघको विराटनगरमा शुक्रबार सम्पन्न तेस्रो साधारणसभाबाट नेपालसहित ९ सदस्यीय नयाँ कार्य समिति सर्वसम्वतिले चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा ईश्वर बास्कोटा, सचिवमा निरकुमार श्रेष्ठ र कोषाध्यक्षमा सर्जिना सत्याल बुढाथोकी चयन हुनुभएका हो ।

सदस्यमा नेत्रबहादुर कार्की, आकाश उप्रेती, विवेक कर्ण, निर्मला श्रेष्ठ र किरण लामिछाने चयन भएको निर्वाचन अधिकृत अनोज बानियाँले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नवनिर्वाचित बधाई दिँदै विराटनगरलाई खेलकुदको हब बनाउने प्रयास भइरहेको बताउनुभयो ।

‘खेल मैदान, खेलाडी उत्पादन र पूर्वधारा विकास महानगरपालिकाको प्रथमिकतामा छ,’ प्रमुख पराजुलीले भन्नुभयो, ‘खेलको विकासका लागि तीन तहको सरकारको समन्वयमा बजेट विनियोजन गर्दै अघि बढ्न सके सबै खेलका पूर्वाधारको विकास हुन्छ ।’

नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य विजय न्यौपाने र प्रदेश १ का प्रतिनिधि गोपाल राई, निवर्तमान अध्यक्ष शंकर खरेललगायतले नव निर्वाचित कार्य समितिलाई शुभकामना दिनुभएको छ ।

Back to top button