उपचारका लागि आउनेलाई दुख दिने २ जना विचौलीया पक्राउ

विराटनगर । उपचारका लागि विराटनगरका विभिन्न अस्पतालहरुमा आउने विरामी र विरामीका आफन्तलाई गलत सुचना दिएर ठगि गर्ने  दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

विरामीले बताएको अस्पतालबारे गलत जानकारी दिई आफुले चाहेको अस्पताल वा क्लिनकमा लैजाने र ठगी गर्ने कार्यमा संलग्न रहेका विचौलिया विराटनगर ८ का बर्ष १८ को प्रधुम्न राय र २३ बर्षीय आनन्द कुमार साह प्रहरीले पक्राउ गरेको हो ।

उनिहरुलाई हिजो पक्राउ गरी थप अनुसन्धान गरीरहेको मोरङ प्रहरी प्रबक्ता प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले बताउनुभयो ।

उहाँले उनिहरुले विरामीले जान चाहेको अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन भन्ने जस्ता अफवाह फैलाएको र सम्पर्कमा भएको फार्मेसीमा औषधी किन्न वाध्य गराउने गरेको पाइएकोले पक्राउ गरीएको बताउनुभयो ।

यस्ता विचौलीयाहरुले बस स्टेनमा विरामी उत्रने वितिकै हात समाएर तान्ने र विरामीको इच्छा अनुसारकै अस्पताल पुर्याइदिने भन्दै आफुले कमीसन पाउने अस्पताल वा क्लिनिक पुर्याउने गरेका छन ।

प्रहरीले यस्तो किसिमको ब्यवहारबाट कोही पनि पीडित भए प्रहरीमा उजुरी गर्न आग्रह गरेको छ ।

Back to top button