लायन्स क्लवद्वारा कोशी अस्पताललाई एनालाइजर हस्तान्तरण

विराटनगर । लायन्स क्लव डिस्ट्रिक्ट ३२५ ए१ ले कोशी अस्पताललाई अटोमेटिक इलेक्ट्रोलाइट एनालाइजर शुक्रबार हस्तान्तरण गरेको छ ।

लायन्स क्लव डिस्ट्रिक्ट ३२५ ए१ डिस्ट्रिक्ट गभर्नर रेबतबहादुर कार्की, पूर्व गभर्नर लिलाराज ढुंगेललगायतले कोशी अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट डा. चुमनलाल दासलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरेका छन् ।

बीएसआर वायोटेक प्राली काठमाडौंले उपलब्ध गराएको ६ लाख ५० हजार मूल्य बराबरको एनालाइजर अस्पतताललाई हस्तान्तरण गरेको ढुंगेलले बताउनुभयो ।

कोशी अस्पतालका प्रमुख डा. दासले लायन्स क्लवले हस्तान्तरण गरेको एनालाइजरले हालसम्म हातले गर्दै आएको सोडियम, पोटासियम क्लोराइड परीक्षण अब अटोमेटिक तरिकाले मेसिनबाट हुने भएको बताउनुभयो । उहाँले अटोमेटिक एनालाइजरले परीक्षणको गुणस्तरमा सुधार हुनुका साथै सेवाग्राहीलाई छिटो छरितो सेवा समेत प्रदान गर्न सहज हुने बताउनुभयो ।

Back to top button