होटलमा खाजा खाएको भिडियो खिच्ने युट्युबर पक्राउ

झापा । झापाको  बिर्तामोडको एक होटलमा महिलाहरूले खाजा खाइरहेका बेला भिडियो खिच्ने २ युट्युबर र २ टिकटकर पक्राउ परेका छन् । एक पुरुष र २ महिलाले खाजा खाइरहेका बेला भिडियो खिची युट्युब र टिकटकमा अपलोड गरेर चरित्र हत्या गरेको अभियोगमा उनिहअरु पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा खगेन्द्र घिमिरे, हेमराज भट्टराई, सुवास कार्की र अर्का एकजना रहेका छन् । केही युट्युबर भने फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

होटलमा प्रवेश गरी खाजा खाइरहेका बेला अनधिकृत रूपमा भिडियो खिचेर युट्युबबाट चरित्र हत्या गरेको उजुरीपछि पक्राउ गरी थुनामा राखिएको इलाका प्रहरी कार्यालय अनारमनि झापाका प्रमुख डिएसपी सन्तोष आर्चायले बताउनु भयो ।

पक्राउ परेका \माथि अभद्र व्यवहार गरेको कसुरमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर अनुसन्धानका लागि थुनामा राखिएको डिएसपी आर्चायको भनाई रहेको छ ।

भदौ १ गते महिला र एक पुरुष होटलमा बसेर खाजा खाइरहेका थिए ।  सो भिडियोले आफ्नो चरित्र हत्या भएको, गोपनीयताको हनन भएको र समाजमा बेइज्जती गर्ने काम गरेको भन्दै पिडितहरुले प्रहरी कार्यालयमा उजुरी दिएका थिए । हुँदै नभएको घटनालाई अतिरञ्जित गरेर हाम्रो जीवन वर्वाद गरीदिएको भन्दै उजुरी दिन आएको डिएसपी आर्चायले बताउनु भयो ।

उहाँले भन्नु भयो –‘पिडतहरुले कुनै एउटा होटलमा गएर खाजा खाए । त्यहाँ केही युटुवरहरु अनधिकृत रूपमा प्रवेश गरेर व्यक्तिगत जिवन जिइरहेको कुरालाई उनीहरूले सार्वजनिक गरेर बेइज्जत गरिदिए । महिलाहरू हाम्रो संसारभर पुग्ने गरी बेइज्जत गरिदियो भन्दै मानसिक तनावमा छन् । युट्युबरले त्यहाँ आपत्तिजनक क्रियाकलाप पनि गरेका थिएनन् । सँगै खाजा खाएको विषयलाई अतिरञ्जित गरिदियो भन्ने महिलाहरूको भनाइ छ । उहाँहरूले होटल सञ्चालकसहित अभद्र मुद्दा ल्याउनुभएको छ । उनीहरूमध्ये २ जनाले टिकटकमा भिडियो हालेर बेइज्जत गरेको पाइएको छ । एकजना महिला अपाङ्ग रहेको प्रहरीले जनाएको छ ।

राष्ट्रिय अनलाइन टिभी पत्रकार संघको झापा जिल्ला अध्यक्षसमेत रहेका युट्युबर खगेन्द्र घिमिरेसहित ३ जना थुनामा रहेको र अन्यको खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ ।

Back to top button