सुदुरपश्चिम प्रदेशको नेतृत्व कांग्रेसलाई, प्रदेश १ मा माधवकुमार नेपाल पक्षलाई

विराटनगर । सत्तारुढ गठबन्धनले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसलाई र प्रदेशमा माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकिकृत समाजवादी)लाई दिने आन्तरिक सहमति गरेको छ । कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र प्रस्तावित नेकपा एकिकृत समाजवादी पार्टीको गठबन्धनमा कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले गर्ने भएको हो ।

माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्टले भदौ महिनाभित्र सत्ता हस्तान्तरण गर्ने तयारी गरेको एक नेताले बताउनुभयो । नेता रावलले पनि सरकार गठनका लागि छलफल अघि बढाएको बताउनुभयो ।

एमाले विभाजनसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकार अल्पमतमा पर्ने निश्चित भएकाले एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रदेश सांसद राजेन्द्रकुमार राईलाई मुख्यमन्त्रीका लागि अघि सारेको छ ।

राजेन्द्रकुमारले प्रदेश सांसद भीम आचार्य एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ५ दिने अल्टिमेटम दिएर बसेको र जीवन घिमिरे अघि बढ्न नसकेकोले आफ्नो काँधमा आएको प्रदेश सरकारको नेतृत्वका लागि तयारी थालेको बताउनुभयो । उहाँले पार्टी दर्ता प्रक्रिया सकिएपछि सरकार गठनको प्रक्रिया अघि बढाउने बताउनुभयो ।

Back to top button