जापानबाट आज आएको दुई लाख डोज खोप प्रदेश १ र २ का ६५ वर्षमाथिकालाई लगाइने

काठमाडौ । जापानबाट दुई लाख ८ हजार ६० डोज अष्ट्राजेनेका खोप आज नेपाल आइपुगेको छ ।

जापान सरकारको सहयोगमा कोभ्याक्समार्फत् उक्त खोप आज बिहान नेपाल आइपुगेको स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेलले बताउनुभयो ।

पहिलो खोप लगाएर बसेका प्रदेश १ र २ का ६५ वर्षमाथिका जनतालाई यो खोप लगाइने सचिब पोखरेलले बताउनुभयो ।

यसअघि जापानबाट ८ लाख ४७ हजार ३२० डोज खोप आएको थियो। जापान सरकारले १६ लाख डोज खोप नेपाललाई दिने छ।

अब बाँकी रहेको खोप सोमबारसम्ममा नेपाल आइपुग्ने सचिव पोखरेलले जानकारी दिनुभयो ।

Back to top button