पहिलो पाईला नेपाल सुन्दरहरैंचा शाखाद्वारा मास्क वितरण

विराटचोक । मोरङको सुन्दरहरैंचामा रहेको पहिलो पाइला नेपाल नामक संस्थाले कोरोना विरुद्ध अनिवार्य मास्क प्रयोग गरौं , आफु पनी बचौ अरुलाइ पनि बचाउ भन्ने मुल नाराका साथ मास्क वितरण कार्यक्रम गरेको छ ।

मनोज लामा कार्कीको नेतृत्वमा आज बिराटचोकमा पैदलयात्री, स्थानीय तथा सवारी चालकलगायतलाई स्वास्थ्य मापदण्ड पलना गर्नुको महत्वका बारेमा बुझाउँदै मास्क वितरण गरिएको हो ।

अभियानका क्रममा मास्कको प्रयोग गर्दै सेनीटानईजर लगाउन अनुरोध गरिएको थियो । कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइ नसकेपनि मास्क र सेनिटाइजर प्रयोग नगर्नेको संख्या बढ्दै गएका बेला पहिलो पाइला नेपालले जनचेतना प्रवाह गर्न कार्यक्रम गरिएको जनाएको छ ।

कार्यक्रमममा पहिलो पहिला नेपाल सुन्दरहरैंचा संस्थाका पदाधिकारीहरु , सदस्यहरु र ट्राफीक प्रहरी विराटचोकको सहभागिता थियो ।

विभिन्न सामाजिक काम गर्दै आइरहेको यससंस्थाले आगामी नगरका विभिन्न मन्दिरहरुमा डस्टबिन वितरण तथा सरसफाइ समेत गर्ने अध्यक्ष मनोज लामा कार्कीले जानकारी दिनुभयो ।

Back to top button