जयसिंह धामीको खोजि गर्न माग गर्दै हस्ताक्षर संकलन

कन्चनपुर । तुइन तर्ने क्रममा महाकाली नदीमा झरेर बेपक्ता भएका दार्चुलाका जयसिंह धामीको खोजिका लागि सुदूरपश्चिममा हस्ताक्षर संकलन गरीएको छ ।

डडेल्धुरा, कञ्चनपुर, कैलाली र दार्चुलामा गरी नौ हजार ५०० हस्ताक्षर सङ्कलन गरिएको जरोकिलो पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष खिमानन्द जोशीले बताउनुभयो ।

वेपत्ता धामीको शव खोज्नुपर्ने, घटनाको अनुसन्धान गरी जानकारी गराउनुपर्ने र परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग राख्दै हस्ताक्षर अभियान सञ्चालन गरेको जोशीले जानकारी दिनुभयो ।सङ्कलित हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाइने छ ।

ड्रोन क्यामेराका सहयोगमा धामीको शव खोज्ने कार्य गरिए पनि फेला पार्न सकिएको छैन ।

Back to top button