दश महिने शिशु अपहरण गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं। जुम्लाबाट १० महिने शिशु अपरहण गरी बेपत्ता बनाएको आरोपमा सुर्खेत प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जुम्ला हिमा गाउँपालिका–३ का २५ वर्षीय दानबहादुर रोकायलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले हिजो एयरपोर्ट चोकबाट रोकायालाई पक्राउ गरेको हो । सुर्खेत प्रहरी निरीक्षक कनकबहादुर शाहीले रोकायले शिशुलाई आफूले लिएको स्वीकार गरेको र अपहरित शिशु भने अपरिचित मानिसलाई दिएकाले अहिले आफूसँग नभएको बयान दिएको जानकारी दिनुभयो ।

जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जुम्ला मा १९ वर्षीया किशोरीले भदौ ३ गते राति आफ्नो शिशु हराएको भनेर निवदेन दिएको जानकारी दिनुभयो ।

रोकायले झुक्याएर ति किशोरीसग सम्बन्ध बनाएर बच्चा जन्मीएको परिवारले आरोप लगाएको छ ।किशोरीले रोकायले आफुलाई झुक्याएर नाटकीय तवरबाट आफ्नो शिशुलाई अपहरण गरेको आरोप लगाउनुभएको छ ।

रोकायलाई सुर्खेत प्रहरीले जुम्ला पठाउने र अनुसन्धान अगाडी बढाउने जनाएको छ ।

Back to top button