हेलिकप्टर मार्फत गर्भवतीको उद्धार गरी काठमाडौ लगियो

सिन्धुपाल्चोक। पाँचपोखरी थाङ्पाल गाउँपालिका– ३ भोताङकी एक गर्भवतीलाई आज हेलिकप्टरमार्फत उद्धार गरि उपचारका लागि काठमाडौ लगिएको छ ।

दुई दिनदेखि भर्ना गरिएकी २२ वर्षीया लक्ष्मी तामाङलाई स्थानीय स्वास्थ्यचौकीमा सुत्केरी गराउन नसकेपछि हेलिकप्टर मार्फत काठमाडौँ पठाइएको हो ।

तामाङको अबस्था जटिल बन्दै गएका कारण राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरमार्फत उद्धारगरी उपचारका लागि काठमाडौ पठाइएको थाङ्पाल गाँउपालिका वडा नं ३ का अध्यक्ष ङिमा छिरिङ तामाङले बताउनुभयो ।

अविरल वर्षाले सडकमा पनि क्षति पुर्‍याएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको बताइएको छ ।

सरकारले दुर्गम तथा पिछडिएका क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रम सन्चालन गरेर सुत्केरी हुन समस्या भएर जोखिममा रहेका महिलाहरुको लागि हेलिकप्टर मार्फत उद्धार गर्दै आएको छ ।

Back to top button