लुम्बिनी प्रदेश सभाको जवाफ, शाही र वलीलाई पदमुक्त गर्न मिल्दैन

बुटवल । नेकपा एमालेले कारवाही गर्न माग गरेका लुम्बिनीका दुई संसादलाई कारवाही गर्न नमिल्ने भन्दै प्रदेश सभा सचिवालयले जवाफ पठाएको छ ।

दुई जना सांसद अजय शाही र विमला वलीलाई पदमुक्त गर्न नमिल्ने व्यहोराको पत्र नेकपा एमाले संसदीय दलको कार्यालयलाई पठाएको हो ।

एमालेले सूर्य चुनाव चिन्ह लिएर चुनाव जितेका दुवै सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर पत्र दिएपछि संसद सचिवालयले जवाफ पठाएको हो ।

कानुनअनुसार अध्ययन गरेर नै संसद् सचिवालले पत्र पठाएको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन बताउनुभयो ।

एमालेको सरकार ढाल्ने कार्यमा लागेको भन्दै नेकपा एमालेले उनिहरु विरुद्ध कारवाही गर्न माग गरेको हो ।

 

Back to top button