
सुजन काफ्ले
दोलखा । जिल्लाको मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवसको अबसरमा विभिन्न कार्यक्रम सप्पन्न गरेको छ ।
सहकारीको २९ औं स्थापना दिवसको अवसरमा सोमबार सदरमुकाम चरिकोटमा रक्तदान कार्यक्रम सप्पन्न गरेको छ भने सम्मान घोषणा कार्यक्रम समेत गरेको छ।
सहकारिको कार्यक्रममा १७ जनाले रक्तदान गरेका छन । कोरोनाको उच्च जोखिम रहेको दोलखामा रगत अभाव कै कारण बिरामीहरुको अकाल मै ज्यान नजावस भनेर रक्तदान कार्यक्रम सन्चालन गरिएको सहकारीका प्रमुख कार्यकारी अधिकृत इश्वर न्यौपानेले जानकारी दिए
सहकारीले आज नै साधारण सभामा संमान गरिने ब्यक्ति तथा संस्थाहरुको नाम समेत आज नै सार्बजनिक गरेको कार्यकारी अधिकृत न्यौपानेले जनाए ।
जिल्लामा विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको सहकारी जिल्लाको प्रतिष्ठित सहकारीको रुपमा परिचित रहेको छ।