![](https://sunauloonline.com/wp-content/uploads/2021/08/IMG_20210823_221822.jpg)
सुजन काफ्ले
दोलखा । दोलखाका बिश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाह लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय सदस्यमा मनोनीत भएका छन।
लोकतान्त्रिक खेलकुद संघको बिधान बमोजिम शाहलाई केन्द्रीय कार्य समितीको निर्णयले संघको केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।
खेलकुद संघको बृहत्तर हितलाई ध्यानमा राखी बिधी बिधान अनुरुप कार्य गर्न गराउनु हुनेछ भन्ने विश्वासका साथ शाहलाई केन्द्रिय सदस्यमा मनोनीत गरिएको लोकतान्त्रिक खेलकुद संघले जनाएको छ।
दोलखाको मकैबारी स्थायी घर भएका शाह एउटा सामान्य किसान परिवारमा जन्मिएर हुर्किएका हुन। शाह अहिले विश्व साइकल यात्रीका रूपमा चिनिन्छ्न । शान्ति तथा सहअस्तित्वको सन्देश लिएर उनले विश्वका १५५ मुलुकको यात्रा गरिसकेका छन । केही गरेर देखाउने उदेश्य राख्नेहरूका लागि पुष्कर शाह प्रेरणाका स्रोत मात्र होइनन्, एउटा विम्ब पनि हुन्।
शाहले १ अगस्ट १९९८ मा यात्रा आरम्भ गरेको थिए भने १७ मे २०१० मा सगरमाथा चढेर आफ्नो विश्व साइकल यात्रालाई बिट मारेका थिए। यसक्रममा उनले २ लाख २१ हजार किमी दुरी पार गरे। यस्तै उनले यात्राका क्रममा सधैँजसो डायरी लेखे, टिपोट गरे, त्यसैमा आधारित भएर पछि किताब समेत निकालिसकेका छन । शाहले संसारलाई साढे पाँच फन्को नाम गरेको पुस्तक समेत निकालेका थिए। पुस्तकले बजारमा राम्रै चर्चा पाएको थियो।